स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताद्धारा पार्टी परित्याग

जेठ १४, काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन् । निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् । एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।  

पुरा पढ्नुहाेस्

स्थानीय तहको निर्वाचनमा राप्रपाको अबस्था कस्तो छ ?

जेठ ७, काठमाण्डौ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा देशभरका ४४ वटा स्थानीय तहमा एक हजार मत कटाएर तेस्रो शक्तिको रूपमा आफूलाई प्रस्तुत गरेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा चार वटा स्थानीय तहमा जित हात पारेको राप्रपा त्यति नै स्थानीय तहमा दोस्रो भएको छ। राप्रपाले देशभरमा ३ वटा नगरपालिका र एउटा गाउँपालिकामा जित निकालेको छ। काठमाडौंको शंखरापुर, झापाको दमक र कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी भएको छ। त्यस्तै झापाकै हल्दिबारी गाउँपालिकामा राप्रपाका अध्यक्ष निर्वाचित भएका छन्। राप्रपा दुई वटा नगरपालिकामा दोश्रो स्थानमा छ ।…

पुरा पढ्नुहाेस्

स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरूको भीड, मंगलबार ६० हजारले उपत्यका छाडे !

वैशाख २८, काठमाडौ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरूको भीड लागेको छ। काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरूमा घर फर्किने नागरिकहरूको भीड लागेको हो । मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरूमा घर फर्किनेहरूको भीड देख्न सकिन्छ। काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरू बढेसँगै काठमाडौंको सडकमा सवारीको चाप कम भएको छ। विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन्।

पुरा पढ्नुहाेस्

‘स्थानीय तहको निर्वाचनमा करिव आधा मतदाता मताधिकारबाट वञ्चित’

वैशाख २७, काठमाण्डौ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या ९२ करोड ९१ लाख ९२ हजार ४८०० को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरू विदेशमा छन्। कुल खस्ने मतको हिसावअनुसार यो आधा भन्दा धेरै हो। त्यस्तै मतदानको काममा खटिने कर्मचारी २ लाख ६० हजार, ३ लाख सुरक्षाकर्मी गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन्। लगभग ६५ लाख मतदातालाई मताधिकारबाट वञ्चित गराइ भइरहेको स्थानीय तहको निर्वाचनमा झन्डै…

पुरा पढ्नुहाेस्