स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश !

असार २३, काठमाडौ । तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको वेम्बलीमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।  

पुरा पढ्नुहाेस्