स्वरोजगारकर्जा अब बैङ्कबाट समेत लगानी हुने

मंसिर ९,काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगारकोष र गरिमा विकास बैङ्कबीच स्वरोजगारकर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो । २०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी संस्थामार्फत लगानी गर्दैआएको भएपनि कोषमा नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारी आएपछि बैङ्कमार्फत पनि लगानी गर्न लागेको हो । कोषले हालसम्म बैङ्क, वित्तीय तथा सहकारीसंस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ…

पुरा पढ्नुहाेस्