स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा

असोज ५, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो । डा तिवारी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव थिए। उनलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। यस्तै डा बगालेलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा पठाइएको छ । यसअघि उनी किटजन्य रोग अनुसन्धान केन्द्रमा निर्देशक थिए । डा बगालेलाई केही समयअघि भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरिए पनि उक्त सरुवा रोकिएको थियो ।

पुरा पढ्नुहाेस्

मङ्कीपक्सको सङ्क्रमण देखिए १११५ मा सम्पर्क गर्न आग्रह

जेठ १४, काठमाडौँ । हाल विश्वका विभिन्न देशमा फैलिरहेको सरुवा रोग मङ्कीपक्सप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । नेपाल पनि उक्त रोगको जोखिममा रहेको भन्दै मन्त्रालयले सचेत रहन सबैमा आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा जनावरका र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट…

पुरा पढ्नुहाेस्

मंकीपक्स संक्रमित देशबाट नेपाल आउनेलाई क्वारेन्टिन बस्न आग्रह

जेठ १०, काठमाडौँ । सरकारले मंकीपक्स भाइरसको संक्रमण नेपालमा पनि फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन सरकारले नागरिकलाई आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले मंकीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई दुई हप्ता क्वारेन्टिन बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र…

पुरा पढ्नुहाेस्

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार भत्ता

चैत्र १७, काठमाडौँ । सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ दिने भएको छ । औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएका हुन् । गएको १३ गतेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ पालिकाबाट यो रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ…

पुरा पढ्नुहाेस्

१६ अस्पतालमा ८८ हजार ट्याब्लेट सिटामोल वितरण

माघ १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । १६ अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले त्रिवि शिक्षण अस्पतालसहित पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र विर अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरेको छ । यस्तै राष्ट्रिय ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६/६ हजार सिटामोल वितरण गरिएको छ । त्यस्तै निजामती अस्पताल नयाँबानेश्वर, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग…

पुरा पढ्नुहाेस्

स्वास्थ्य वीमा बोर्डले कर्मचारीको लागि दरखास्त आव्हान

माघ २७ काठमाडौं । स्वास्थ्य वीमा बोर्डले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य वीमा बोर्ड टेकुले ९ जना कर्मचारीको दरखास्त आव्हान गरेको हो । मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो । फार्मेसी अधिकृतको लागि एम फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले…

पुरा पढ्नुहाेस्