स्विडेनकी प्रधानमन्त्रीले दिइन् १२ घण्टा नबित्दै राजीनामा

मंसिर ९, काठमाडौं । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा आएको हो । उनको राजीनामासँगै स्विडेनमा राजनीतिक अन्यौल भएको समाचारमा उल्लेख छ । तर उनले सभामुखलाई एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्रीमा नियुक्त हुने अपेक्षा गरेको पनि बताइन् । गठबन्धन सरकारले ल्याएको बजेट संसदबाट…

पुरा पढ्नुहाेस्