हिन्दुराष्ट्रका नाममा राप्रपाले थाल्यो चन्दा संकलन !

भाद्र ३, काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा। धवल शमशेर राणालाई दिइएको छ ।

पुरा पढ्नुहाेस्