हेटौँडामा विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी

माघ १२,हेटौडा । हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गएराति आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिबारे यकिन जानकारी आएको छैन । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाइएको थियो ।

पुरा पढ्नुहाेस्