काभ्रेको बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

मंसिर २७,काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।  

पुरा पढ्नुहाेस्

अपार्टमेन्टमा ठोक्कियो रुसी युद्धक विमान, १३ जनाको मृत्यु

कार्तिक १, काठमाण्डौ । रुसको दक्षिणी सहरस्थित एक अपार्टमेन्ट भवनमा सेनाको युद्धक विमान दुर्घटना भएको छ । रुसी अधिकारीहरुले दिएको जानकारीअनुसार येयस्क सहरको एक अपार्टमेन्टमा सु–३४ युद्धक विमान दुर्घटनामा परेको हो । अभ्यास उडानको क्रममा उक्त विमान दुर्घटना भएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तीनजना बालबालिका पनि छन् । दुर्घटनापछि उक्त भवनबाट ६८ जना मानिसको उद्धार गरिएको छ । सोमबार साँझ भएको दुर्घटनामा परी घाइते भएका १९ जना मानिसको अहिले उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार विमान दुर्घटना हुनुको एउटा कारण विमान उड्ने समयमा…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप १,२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

असोज ७, काठमाडौ । पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा १६ लाख बढीको पीसीआर परीक्षण गर्दा थप १९४६ संक्रमित, २५०३ डिस्चार्ज, १३ जनाको मृत्यु

कार्तिक २९, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ४६ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । त्यसैगरी २५ सय ३ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ । १६ लाख बढीको पीसीआर परीक्षण गर्दा नेपालमा संक्रमितको संख्या दुई लाख ८ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ७० हजार ६३२ जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ । २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय १५…

पुरा पढ्नुहाेस्