२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जित्यो !

साउन २१, काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । भुवनेश्वरको कालीङ्गा मैदानमा हिजो भएको खेलमा बङ्लादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एकरएक गोल गरे ।

पुरा पढ्नुहाेस्

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

साउन १५,काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो । मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ ।

पुरा पढ्नुहाेस्

२० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि हुने

साउन ९, काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ । कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलङ्का र बङ्लादेश खेल्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्लादेशको सहभागिता छ ।

पुरा पढ्नुहाेस्