२७औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने

जेठ १४, काठमाण्डौ । काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।

पुरा पढ्नुहाेस्