पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मंसिर ८, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

मंसिर ६, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २५८ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु…

पुरा पढ्नुहाेस्

नेपालमा थप १ सय १० कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु !

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ । पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ६८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४…

पुरा पढ्नुहाेस्

दैनिक सवारी दुर्घटना बढ्यो : रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना, ४ जनाको मृत्यु !

मंसिर १३, काठमाण्डौ । रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । प्रहरीका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका–७ को पोखरामा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो । आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु…

पुरा पढ्नुहाेस्

कालीकोटमा सुख्खा पहिरो, ५ घर पुरियो, ४ जनाको मृत्यु

भाद्र १४,कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर १ मा रहेको नाग्म बजारमा आज बिहान सुख्खा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सिनाले बताए । उनका अनुसार बिहान डाँडाको ढिस्को फुटेर आएको सुख्खा पहिरोले ५ घर समेत पुरेको छ ।

पुरा पढ्नुहाेस्

कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस दुर्घटना, ४ जनाको मृत्यु

मंसिर २९,सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो । नेपाल प्रहरी इन्स्पेक्सटर गणेश खनालका अनुसार, अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । खनालका अनुसार कालिन्चोक मन्दिर दर्शन गरेर फर्किंदै गरेको बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो ।

पुरा पढ्नुहाेस्

झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु

बैशाख ३,काठमाडौँ । भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ । भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ ।

पुरा पढ्नुहाेस्