धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
पुरा पढ्नुहाेस्Tag: ४ जना घाइते
सर्लाहीमा चट्याङ् लागेर एक जनाको मृत्यु, ४ जना घाइते
असोज ४, वीरगञ्ज । सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चट्याङले लागेर गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
पुरा पढ्नुहाेस्दार्चुलामा जीप दुर्घटना: ५ जनाको मृत्यु, ४ जना घाइते
भाद्र १,दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडकबाट करीब पाँच सय मिटर…
पुरा पढ्नुहाेस्कलंकीमा भयानक दुर्घटना: ब्रेक फेल ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु , ४ जना घाइते
फागुन १२,काठमाडौँ । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए । ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको…
पुरा पढ्नुहाेस्बालिका हत्या प्रकरण : कञ्चनपुरमा फेरि गोली चल्यो, ४ जना घाइते
भाद्र ८,कञ्चनपुर । बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ । कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गोली चलेको पुष्टि गरे । प्रहरीले गोली लागेर ४ जना घाइते भएका छन् । निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो । नेता रावलले कांग्रेसले निर्मला…
पुरा पढ्नुहाेस्