उदयपुरको मैनमैनीमा जीप दुर्घटना,७ जनाको मृत्यु

चैत्र १,उदयपुर । उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको छ । अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । उनीहरूको सनाखत भने हुन सकेको छैन । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

असोज १७, काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ भने ७ लाख ६९ हजार २२४ जना संक्रमणमुक्त…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

असोज ११, काठमाडौं । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १०१…

पुरा पढ्नुहाेस्

टर्कीमा बढ्दो गर्मीका कारण आगलागी, ७ जनाको मृत्यु

साउन १७, काठमाडौं । टर्कीमा बढ्दो गर्मीका कारण जंगलमा डढेलो लाग्दा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार स्याटेलाइटबाट प्राप्त तस्वीरमा मर्सिन र एन्टालयामा लागेको आगोको धुवाँ १५० किलोमिटर टाढा साइप्रस द्वीपसम्म पुगेको देखिएको छ ।  

पुरा पढ्नुहाेस्