इक्वेडरको दुई जेलमा झडप, ८ कैदीको मृत्यु !

साउन ८, काठमाण्डौ । इक्वेडरको दुई जेलमा भएका झडपमा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको छ । झडपमा परेर अन्य २० जना घाइते भएका छन् । घाइते हुनेमा केही प्रहरीहरु समेत छन् । इक्वेडर दक्षिणपश्चिमी प्रान्त गुआसमा रहेको जेलमा भएका हिंसामा कैदी मारिएका हुन् । झडप एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको हो । इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले समय समयमा झडप हुने गरेको छ ।

पुरा पढ्नुहाेस्