दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते

एजेन्सी । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । आगलागीमा ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो । आगलागीको कारण बारेमा केही खुलाइएको छैन । मृत्यु हुनेमा ४ भारतीय र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

पुरा पढ्नुहाेस्

लमजुङमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ९ घाइते

मंसिर २३, पोखरा । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए । शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको…

पुरा पढ्नुहाेस्