धार्के–सितापाईला सडकमा कति सकियो काम ?

साउन १२,धादिङ । सीतापाइला खण्डमा पहिलो चरणमा करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भइसकेको छ। करिब २५ किलोमिटर रहेको यस सडकको हाल धादिङतर्फको धार्केबाट काठमाडौंतर्फ आउँदा काठमाडौं र धादिङको सीमामा पर्ने ठूलोखोलासम्मको करिब १५ किमि नुवाकोट डिभिजन कार्यालयले स्तरोन्नति गरिरहेको छ। हाल रामकोट–ठूलोखोला सडकको दायाँ बायाँ साइट क्लियर गरेर पर्खाल लगाउने काम सकिएको छ। कतिपय सडक खण्डमा बाटो फराकिलो भइसकेको नुवाकोट सडक डिभिजन कार्यालय प्रमुख अमृतमणि रिमालले जानकारी दिए। २०७८ मा ठेक्का सम्झौता भएको उक्त सडकको काम निर्धारित समयमा सकिएमा आगामी साउनभित्र अधिकांश ठाउँमा ११ मिटर चौडा सडक…

पुरा पढ्नुहाेस्