लुट निर्माता नक्कली नोटको लुट मच्चाउदै ! ६ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ २, बुधबार (६ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

जेठ १ काठमाडौँ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरुको साथबाट दुई करोड ६० लाख ८६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।

परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो ।

गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो । नक्कली नोट छाप्ने कारखाना बागबजारमै रहेको प्रहरीले जानकारी दिएको छ ।

फिल्म निर्माता  वाग्ले  पक्राउ

फिल्म निर्माता माधव वाग्लेलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । वाग्लेको प्रोडक्सन हाउस ‘प्रिन्सेस मुभिज’को कोठामा खानतलासी गर्दा नक्कली नोट भेटिएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
बुधबार परिसरले पत्रकार सम्मेलन गरी नक्कली नोटसहित वाग्ले र अन्य ५ जनालाई सार्वजनिक गरेको छ ।

निर्माता वाग्लेले चलचित्र ‘चङ्गाचेट’को छायांकनका लागि यो नोट बनाएको बताएका छन् । तर, त्यसमध्ये केही रकम बजारमा पुगेपछि वाग्ले पक्राउ परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस