जेठ १ काठमाडौँ । गएको महिना झण्डै १ लाख पर्यटक नेपाल आएका छन् । अप्रिलमा ९८ हजार ६ सय ५० पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो संख्या अघिल्लो वर्षको अप्रिलको तुलनामा ११ दशमलब ४ प्रतिशतले बढी हो । यस्तै सन् २०१८ जनवरी, फेव्रुअरी, मार्र्च र अप्रिल गरि ४ महिनामा ३ लाख ८६ हजार पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
यो संख्या सन् २०१७ को ४ महिनाको तुलनामा १३ प्रतिशतले बढी हो । नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन् ।