रविन्द्र अधिकारीको अग्नि परिक्षा : सरकारको राष्ट्रिय विमानस्थल नीति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ ११, शुक्रबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ ११,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताएका छन ।

मन्त्री अधिकारीले पत्रकारसँगको छलफलमा कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको जानकारी दिए ।

कतिपय जिल्लामा राजीतिक प्रभाव र उत्साहका कारण विमानस्थल खोलिने तर पछि विमान उड्ने पर्याप्त वातावरण, यात्रुको अभाव र विमानस्थल घाँसे मैदानमा परिणत हुने अवस्थाको अन्त्य हुने गरी नीति ल्याइने बताए । उनले नेपाल वायु सेवाको सेवाको प्रभावकारिताका लागि पनि आफूले काम गरिरहेको बताए ।

रविन्द्र अधिकारीको अग्नि परिक्षा

सरकारले राष्ट्रिय विमानस्थल नीति बनाउदै गर्दा मन्त्री रविन्द्र अधिकारीको अग्निपरिक्षा पनि त्यसैबाट सुरु हुन्छ । उनले आफ्नो सय दिने कार्ययोजना अनुरुप कामहरु अघि बढाउदै गर्दा केही सुधारका कार्यहरु गरिसकेका छन । भने केह्री कार्यान्वयन हुने क्रममा छन । यद्यपी अव राष्ट्रिय विमानस्थल नीति नै आउने भएपछि अवको पाँच बर्ष उनले कस्ता र कसरी काम गर्दैछन भन्ने नयाँ बाटो तय हुनेछ । राष्ट्रिय विमानस्थल नीति उनको अग्नि परिक्षाको घडी हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस