चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : गोरेको बयान लम्बियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ १२, शनिबार (६ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको मोरङ जिल्ला अदालतमा गरिएको बयान लम्बिएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा गोरेको बुधबारदेखि सुरु बयान शुक्रबार पनि नसकिएपछि आइतबार लिनेगरी प्रहरी हिरासतमा पठाइएको छ । आइतबार मध्यान्हसम्म बयान सम्पन्न भए त्यही दिन थुनछेक बहस हुनसक्ने मोरङ जिल्ला अदालतका तहसिलदार केदारप्रसाद गौतमले जानकारी दिए ।

यसअघि प्रहरी हिरासतमा समेत आफ्नो सुरक्षा नभएको भन्दै मानवअधिकारवादीको निगरानीमा राख्न गोरेले कानुन व्यवसायीमार्फत निवेदन दिएपछि उनलाई कडा सुरक्षाबीच ल्याउने लैजाने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालय मार्फत मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीलाई मुख्य अभियुक्तसहित ६३ जना विरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, सुन चोरी पैठारी र निकासी तथा संगठित अपराध अन्तर्गत मुद्दा चलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस