जेठ १३,काठमाडौँ । आजदेखि काठमाडौंको रत्नपार्कदेखि ललितपुरको गोदावरीसम्म सिधा गाडी चल्न थालेको छ । यसअघि रत्नपार्कदेखि गोदावरीसम्मको रुट पर्मिट लिए पनि लगनखेल वा सातदोबाटोसम्म मात्र चलाएका ७० व्यवसायीले आजदेखि रत्नपार्कसम्म नै गाडी चलाउन थालेका हुन् ।
अनुगमनको क्रममा रुटपर्मिट लिए पनि आधा बाटोसम्म मात्रै गाडी चलाएको भेटिएपछि कडाई गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।
१७ वर्षदेखि लगनखेल हुँदै गोदावरी जाने गाडीमा कायम भएको सिन्डीकेट अन्त्य भएको भन्दै उहाँले रुटपरमिट अनुसार गाडी नचलाएको भेटिए ५ हजार रुपैयाँ जरिवाना तिराइने पनि स्पष्ट पारे ।
यस्तै, सिट क्षमता भन्दा धेरै यात्रु राखेको पाइए पनि कारवार्ही गर्ने उहाँको भनाई छ । रत्नपार्कदेखि गोदावरीसम्मको भाडादर ३५ रुपैयाँ तोकिएको पनि प्रहरी प्रमुख हाछेथुले जानकारी दिए । रुटपर्मिट कार्यान्वयन नहुँदा यात्रुले लगनखेलमा पुगेर अर्को गाडी चढ्नुपर्ने बाध्यता थियो । अब यात्रुलाई सहज हुने भएको छ ।