मन्त्री विष्टको अर्को सफलता : सबै श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ १५, मंगलबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

जेठ १४,काठमाडौँ । रोजगारदाताले सबै श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने भएको छ । आइतबार मन्त्रिपरिषदबाट पारित भएको श्रम नियमावलीमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने तलब बैंक खाताबाटै भुक्तानीको व्यवस्था गर्ने उल्लेख छ । कर्मचारीको सञ्चय कोषको व्यवस्था पनि अनिवार्य गरिएको छ ।

यसका लागि रोजगारदातालाई मार्गनिर्देशन गर्न श्रम तथा रोजगार मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालन सम्बन्धी निर्देशिका ल्याउन लागेको छ । यसपछि वर्षमा १५ दिनभन्दा बढी एउटै रोजगारदाताले काम लगाएका श्रमिकलाई बैंक खाताबाटै पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था हुने श्रम तथा रोजगार मन्त्री गोर्कण विष्टले बताए ।

नयाँ श्रम नियमावलीले औद्योगिक, व्यवसायिक, निर्माण र घरेलु कामदारलाई पनि समेटेको छ । अब सबै किसिमका कामदारको पनि छुट्टै बैंक खाता खालेर तलब भुक्तानी गर्नुपर्नेछ ।

श्रम तथा रोजगार मन्त्रालयले अब तोकिएको र सम्झौता बमोजिम पनि कामदारलाई पारिश्रमिक नदिने रोजगारदाताहरुलाई कस्न बैंक खाता अनिवार्य गरेको हो । यो व्यवस्था लागू भएपछि न्युनतम् पारिश्रमिक लागू हुने र कागजमा मात्रै धेरै तलव देखाउने तर, नदिने प्रवृत्ति अन्त्य हुने विश्वास सरकारको छ ।

अहिले विद्यालय, अस्पताल, बैंक तथा वित्तीय संस्था र केही प्राइभेट ब्यापारिक र्फममा काम गर्ने कामदारहरु अत्यन्तै कम पारिश्रमिक लिन बाध्य छन् ।
यो व्यवस्थापछि कम्पनी तथा फर्महरु नवीकरण गदा बैंकमार्फत दिएको कर्मचारीको तलव विवरण बुझाउनुपर्ने व्यवस्था गर्न लागिएको छ । यदि न्युनतम् पारिश्रमिक लागू नगर्नेहरुलाई सरकारले श्रम अडिटमार्फत कारवाही पनि गर्न सक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस