अमलेखगन्ज डिपोमा ईन्धनको लोड–अनलोड ठप्प : पेट्रोलपम्पमा सवारीको लाईन बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ २१, सोमबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

जेठ २१,बारा । बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोडरअनलोड ठप्प भएको छ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो ।

आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ ।

ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै निगम अगाडि धर्ना दिएका छन् ।

भारतीय प्रहरीको ज्यादती नरोकिएसम्म ट्यांकर लोडरअनलोड नगर्ने चालकहरुले बताएका छन् । निगमका उपप्रबन्धक रामहरि निरौलाले आफूहरु समक्ष कुनै औपचारिक माग नआए पनि चालकहरु आन्दोलित भएको भन्ने जानकारी पाएको बताउनु भएको छ ।
यसअघि पनि चालकहरुले भारतीय प्रहरीबाट दुव्र्यवहार हुने गरेको भन्दै गुनासो गर्ने गरेको र आन्दोलित पक्षसँग वार्ता गर्ने उनले जानकारी दिए ।

यता ट्याङकर लोड अनलोड बन्दा भएपछि व्यापारीले त्यसको कारण देखाउदै ईन्धन वितरण गर्न छोडेका छन । जसको कारण पेट्रोलपम्पमा सवारीको लाईन बढ्न थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस