जेठ २६,काठमाडौँ । सुन तस्कर एमके भन्ने मोहनकुमार अग्रवालको घरमा सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले छापा मारेको छ ।
अग्रवालको कालिकास्थानस्थित रहेको ताला लगाइराखेको घरमा शुक्रबार समितिले छापा मारेको हो ।
गत फागुन ९ गते भित्रुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको भन्दै समितिले छापा मारेको जनाएको छ ।
अग्रवालको घरमा रहेका कम्युटर, ल्यापटपलागयत केही सामानहरुमा सिलबन्दी गरिएको समितिका एक जना सदस्यले जानकारी दिए ।
३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणपछि स्थायी घर धरान भएका अग्रवाल फरार छन् ।