जेठ २६,सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट रु १४ लाख ४० हजार खर्च भएको बताए ।
कर्णाली प्रदेशसभा कालीकोटको नरहरि गाउँपालिका– ९का मना सार्कीको हत्याका विषयमा केन्द्रित भयो । सार्की हत्यामा संलग्न दोषी कानूनी दायरामा आए पनि तिनीहरुलाई हदैसम्मको कारवाही गर्नेबारे १० सदस्यले सरकारको ध्यानाकर्षण गराए ।
जनप्रतिनिधिजस्तो व्यक्तिमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको बताउँदै उनहरुले घटना छानवीनका लागि समिति गठन गर्न, सार्कीलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे ।