२५ वर्षपछि नेपाल र जापानबीच हवाई सम्झौता नवीकरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । नेपाल र जापानबीच भएको हवाई सम्झौता २५ वर्षपछि नवीकरण भएको छ ।

सन् १९९३ पछि आज जापानमा भएको सम्झौता अनुसार नेपाली विमानले अब जापानको हानेडा विमानस्थलबाहेक अरु सबै विमानस्थलमा हप्ताको १४ वटा उडान भर्न पाउनेछन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव कृष्ण देवकोटा र जापानी उच्च अधिकारीबीच सोमबार भएको सम्झौता अनुसार नेपालले हप्तामा १४ वटा उडान गर्न पाउने छ । १४ वटा भन्दा भन्दा धेरै उडान नहुने गरी दिनमा ३ वटासम्म पनि नेपालले जापानमा उडान गर्न पाउनेछ ।

सन् १९९३ मा भएको सम्झौता अनुसार नेपालले जापानको ओसाकामा हप्तामा २ वटा उडान गर्न पाउने सम्झौता भएको थियो । त्यतिबेला बोइङ ७२७ र ७५७ मोडलका विमान मात्रै उडान गर्न पाइने भए पनि आजको सम्झौतापछि भने नेपालले जुनसुकै विमान पनि जापानमा उडान गर्न सक्नेछ ।

नेपाल वायुसेवा निगमले यसै महिना ल्याउने नयाँ जहाजले अब जापानमा पनि उडान गर्न पाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस