उत्पादनलाई बढाउदै निर्यातजन्य वस्तुलाई प्रबद्र्धन गछौँ : उद्योगमन्त्री यादव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ २४, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २४,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताए ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उहाँले स्थानीय उत्पादन सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका तालीम सञ्चालन एवं प्रविधि हस्तान्तरण गर्ने कार्य भइरहेको तथा चिया, कफी अलैँची, अदुवाजस्ता निर्यातजन्य वस्तुलाई प्रवद्र्धन गरिने बताएका हुन ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत उद्योगी वाणिज्यका क्षेत्रका संस्थाका संस्थासँग सहकार्य गरिरहेको र आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन गर्ने तयारी गरिएको मन्त्री यादवले जानकारी दिए । रुग्ण उद्योगको पुनःस्थापना र अन्य उद्योगलाई सञ्चालनका लागि नियमित छलफल भइरहेको उल्लेख गर्दै उनले निजीकरण र उदारीकरणका कारण उद्योग धराशायी भएको बताए ।

आयातकर्तासँग मिलेमतो गरेर गोरखकाली रबर उद्योगलगायत उद्योग बन्द भएकाले त्यस्ता उद्योग सञ्चालन गरी उत्पादन गर्ने र विद्यमान व्यापारघाटा कम गर्दै लैजाने उनले बताए ।

देशका विभिन्न क्षेत्रका सम्भावित खानी सञ्चालन गर्ने तथा तनहुँ, मकवानपुर, नवलपरासी, बझाङ र बैतडीमा फलाम खानीको उत्खनन गर्ने तयारीमा सरकार रहेको मन्त्री यादवले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस