मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउन सिफारिस !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ २५, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । सरकारले आन्तरिक मजदुरको तलव तोक्ने भएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । अब श्रम तथठा रोजगार मन्त्रालयले सोमबार नै यसबारे अन्तिम निर्णय लिनेछ ।

यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफाररिस गरेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १६ हजार पुग्नेछ ।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवःथा पनि अनिवार्य गरिँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस