डोल्पा पनि पुग्यो राष्ट्रिय वाणिज्य बैंक : अब शाखा कार्यालयहरुको संख्या २०१ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ २९, शुक्रबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार २९,काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शुक्रबारदेखि दुईवटा शाखा कार्यालय थपेर कारोबार शुभारम्भ गरेकोे छ । डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नम्बर ४ स्थित इल निलदहमा शाखा कार्यालय मुड्केचुला र पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ५ स्थित शाखा कार्यालय सुवर्णपुर को कारोबार शुभारम्भ भएको छ । योसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २०१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप बैकले स्थानीय नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैंकको अहिले ७३ जिल्लामा २०१ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरेर ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस