गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु ! तत्काल झण्डै चार लाखले पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ २९, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २९,काठमाडौँ । सरकारले गरिबहरुलाई दिने सुवा सुविधाको टुंगो नलगाइकन गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरेको छ । २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि शुक्रबारबाट परिचयपत्र वितरण सुरु भएको हो ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी गरेका छन् ।

सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउनेछन् ।

सरकारले गरिबीका आधारमा तीन प्रकारका काडइ वितरण गर्नेछ । चरम गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिवले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड पाउनेछन् ।
मानव विकास सूचकांक भन्दा तल रहेका जिल्लाहरुबाट परिचयपत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको छ । यस अनुसार अब १ लाख ८८ हजार २ सय ३२ परिवारले रातो, १ लाख २९ हजार ७५४ ले पहेँलो र ८३ हजार ८४५ परिवारले नीलो कार्ड पाउनेछन् ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डर्ले पहिलो चरणमा २५ जिल्लाबाट १२ लाख ४० हजार परिवारको तथ्याङ्क संकलन गरेको थियो । त्यसबाट ३ लाख ९१ हजार ८३१ घर परिवारलाई सरकारले ‘गरीब’ का रुपमा पहिचान गरेको थियो ।

बोर्डले तनहुँ, बैतडी, अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठान र अर्घाखाँचीबाट गरीब घरपरिवारको तथ्याङ्क संकलन गरेको थियो । कपिलवस्तु, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ र भोजपुर र सिराहा गरिब परिवार पहिचान भएका छन् ।

सरकारले ०६८ सालमै २५ जिल्लामा गरिब घरपरिवारको विवरण संकलन गरे पनि उद्देश्यअनुरुप काम भने सकाएको छैन । त्यतिबेला एक वर्षभित्रै गरिब घरपरिवारलाई परिचयपत्र दिने लक्ष्य लिइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस