नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २६ करोड घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ३१, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३१,काठमाडौँ । साताको पहिलो दिन सेयर बजारमा केही सुधार देखिएको छ । तीव्र उचारचढावकाबीच आइतबार सेयर बजार ८ दशमलव ११ अंकले बढेर बन्द भएको हो ।

आइतबार १ हजार १ सय ९२ दशमलव ९८ अंकबाट शुरु भएको कारोबार ८ दशमलव ११ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय दशमलव ०९ अंकमा आइपुगेको छ ।

यसअघि गत बिहीबारको कारोबारमा भने नेप्सेमा दोहोरोको अंकको गिरावट देखिएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट अर्थात साताको अन्तिम दिन सेयर बजार १३ दशमलव ६६ अंकले ओरालो लागेको थियो ।

१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुगेर कारोबार बन्द भएको थियो ।

मौद्रिक नीति सार्वजनिक भएकै भोलिपल्ट सेयर बजार दोहोरो अंकले घटे पछि निराश बनेका लगानीकर्ताहरुमा आइतबार थोरै भए पनि खुसी छाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस