तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ३१, आईतबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ३१,काठमाडौँ । तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको छ । सो सवस्टेशनलाई नेपालको प्रसारण हवका रुपमा समेत लिइने गरिन्छ ।

चिनियाँ ठेकेदार कम्पनी सिसिपिजीबीच २९ जेठ २०७१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १५ महिनाभित्र सम्पन्न हुनुपर्ने थियो । तर तोकिएको समयभन्दा तीन वर्ष ढिला गरी सवस्टेशन निर्माण सम्पन्न भएको छ ।

तर ठेकेदारले तोकिएअनुसारको काम नगरेपछि प्राधिकरणले सन् २०१७ को २२ सेप्टेम्बरमा ठेक्का सम्झौता रद्द गरेको थियो । सो सवस्टेशन निर्माणका लागि शुरुमा चिनियाँ ठेकेदार सिसिपिजीले लिएको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १६० एमभिए क्षमताको दुई वटा ट्रान्सफर्मर चार्ज भएको बताउनुभयो ।

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सवस्टेशनमा २२०÷१३२ केभी क्षमताको सवस्टेशनको एउटा ट्रान्सफर्मर शनिबार साँझ र अर्को आज अपराह्न परीक्षण गरिएको हो ।

ठेक्का तोडिएपछि सो सवस्टेसनको काम अन्योलमा फसेको थियो । नेपालका अधिकांश सवस्टेशनको क्षमता १३२ केभीमात्रै रहेको अवस्थामा आज चार्ज भएको ढल्केबर सवस्टेशनको क्षमता २२० केभी रहेको छ ।

आगामी वर्ष सोही सवस्टेशनको क्षमता बढाएर ४०० केभी पु¥याइने प्रवक्ता अधिकारीको भनाइ छ ।

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले २०७३ साल भदौ ४ गते चिनियाँ ठेकेदार सिसिपिजीलाई चार महिनाभित्र सवस्टेशनको निर्माण सक्न निर्देशन दिएका थिए ।

तर मन्त्री शर्माको निर्देशनअनुसार काम हुन सकेन । पटक पटक म्याद थप गरियो । त्यसपछि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि ठेकेदार कम्पनीलाई राष्ट्रिय आवश्यकताको सम्मान गर्दै समयमा नै काम सम्पन्न गर्न २०७४ साउन २६ गते निर्देशन दिए ।

तर निर्माण प्रक्रियाले गति लिन सकेन । बाध्य भएर प्राधिकरणले गत साल असोज ६ गते ठेक्का सम्झौता रद्द ग¥यो ।

चिनियाँ ठेकेदारसँग ठेक्का सम्झौता तोडिँदा सवस्टेशनको काम ९० प्रतिशत पूरा भएको थियो ।

तोकिएअनुसारका काम सम्पन्न गर्ने लक्ष्यसहित प्राधिकरणले भारतीय ठेकेदार टेल्मसलाई जिम्मा दियो । पावर ट्रान्सफर्मर सप्लाइ र जडानका लागि पहिले नै अलग ठेक्का पाएको कम्पनी एम्कोले जिम्मा लिएको एक वर्षको अवधिमा नै सवस्टेशन चार्ज भएको छ, प्रवक्ता अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस