इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण २, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ ।

जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ ।

सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजश्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ । दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रतक्ष्य मार पर्ने भनेको उपभोक्तालाई नै हो ।

मंगलबारबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुगेको छ । सोमबारसम्म दूरसञ्चार सेवा शुल्क ११ प्रतिशतमात्र थियो ।

इन्टरनेट सेवा प्रदायकलाई पहिलोपटक सेवा शुल्क लगाइएको छ । अब टेलिफोन शुल्क पनि २ प्रतिशतले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस