सिरहामा एक हजार नयाँ उद्योग दर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण ७, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ७,सिरहा । सिरहामा आर्थिक वर्ष २०७४/७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४/७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा वनजन्य उद्योग १९७ नयाँ दर्ता भएका छन् । गत आवमा ८४२ नयाँ उद्योग दर्ता भएका थिए ।

जिल्लामा उत्पादन उद्योग एक हजार ३३८, कृषि तथा वनजन्य उद्योग ६६१ र सेवा उद्योग दुई हजार ७७० गरी घरेलु तथा साना उद्योगको संख्या चार हजार ७६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उनले बताए ।

आव २०७४/७५ मा ६१२ उद्योगको नवीकरण र नौवटा उद्योगको नामसारी गरिएको छ भने गत आवमा नयाँ उद्योग दर्ताबाट रु ५१ लाख ५३ हजार राजश्व संकलन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस