४ सय २० लिटर अवैध पेट्रोलियम पदार्थ जफत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण ९, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन ९, रामेछाप । पेट्रोल पम्पका व्यापारीको सहयोगमा कृतिम अभाव सिर्जना गरी पेट्रोलियम पदार्थ बेच्ने व्यवसायीबाट प्रशासनले ४ सय २० लिटर पेट्रोल पदार्थ जफत गरेको छ ।

पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्रि वितरण नगरी विभिन्न पसल व्यवसायीहरुलाई दिएर पेट्रोलियम पदार्थ लुकाएको आरोपम प्रशासनले पसलहरुमा छापा मारेर प्रेट्रोलियम पदार्थ जफत गरेको हो ।

उपभोक्ताहरुको गुनासाको आधारमा प्रशासनले बजार अनुगमन गर्दा ४ सय २० लिटर पेट्रोल बरामद गरेको हो । पेट्रोल पम्पबाट बिक्री वितरण गर्नुपर्ने नियम भएता पनि पेट्रोलपम्पले आफूले बिक्री वितरण नगरी कृतिम अभाव सिर्जना गरेर ल्याएको पेट्रोल विभिन्न व्यवसायीहरुलाई बिक्री वितरण गर्ने र व्यवसायीहरुले प्रति लिटर १ सय ३० देखि १ सय ५० रुपैयाँसम्म बिक्रि गर्दै आएका थिए ।

उपभोक्ताको गुनासोको सुनुवाई गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापबाट निस्किएको बजार अनुगमन टोलीले मन्थली बजार, रामेछाप बजार, खिम्ती, देवीटार लगायतको स्थानबाट ४ सय २० लिटर पेट्रोल अवैद्य रुपमा बिक्री वितरण गर्न राखिएको भेटिएपछि जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अज्ञप्रसाद शर्माले जानकारी दिए ।

पम्पमा नपाएको पेट्रोल नजिकैका खुद्रा पसलदेखि कस्मेटिक पसल, चिया पसल, कपडा पसलमा समेत मिनरल वाटरको बोतलमा राखेर बढी मूल्यमा बिक्री वितरण भइरहेको पाइएको जिल्ला प्रशासनले जनाएको छ । पम्पमा पेट्रोल लिन पटक–पटक जाँदा समेत पेट्रोल नपाएपछि धेरै सेवाग्राहीले महँगो मूल्य तिरेर पेट्रोल खरिद गर्नुपर्ने बाध्यता भएको मन्थली नगरपालिका वडा नम्बर १ का सुमन भुजेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस