भारतद्धारा २ अर्ब १० करोड रुपैयाँ अनुदान : नुवाकोट र गोरखाको घर बनाउन प्रयोग गरिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण ११, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ११,काठमाडौँ । भारतले भूकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।

नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो रकम उपलब्ध गराएको हो ।

दाता सम्मेलनमा एक खर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको भारतले झण्डै ३ वर्षपछि पहिलो चरणको रकम उपलब्ध गराएको हो । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदुत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

यो रकम गोर्खा र नुवाकोटमा भुकम्प प्रभावितका लागि ४२ हजार ८६ वटा निजी घर निर्माणमा प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ । भारतले दिने भनि प्रतिबद्धता जनाएको रकमको २५ प्रतिशत रकम अनुदान र बाँकी ७५ प्रतिश रकम ऋण हो ।

ताजा अपडेट

खोजी गर्नुहोस