साउन १४,काठमाडौँ । ईन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ ।
इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४/७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो ।
अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको बताइएको छ ।