घरजग्गा कारोवारबाट दुई करोड २८ लाख राजश्व

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण १७, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १७,काठमाडौँ । जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४/७५ मा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको छ ।

जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गवत आवमा ग्रामीण क्षेत्रमा एक हजार १८४ र शहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो ।

आव २०७३÷७४ मा एक हजार ९०८ रजिस्टे«शन पास हुँदा रु एक करोड ६४ लाख ५९ हजार राजश्व संकलन भएको थियो । आव २०७२÷७३ मा दुई हजार २५२ रजिस्टे«शन पास हुँदा रु एक करोड ७७ लाख २५ हजार राजश्व उठेको थियो ।

राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, मुआब्जा वितरणलगायत कारणले गत आवमा घरजग्गाको कारोवार बढेको पौडेलले बताए । गत आवमा रु एक करोड ८३ लाख ४२ हजार राजश्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्य गरेभन्दा ११७ प्रतिशत बढी राजश्व संकलन भएको अधिकृत पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस