‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण २४, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २४,काठमाडौँ । प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइल’मा भन्ने नारा सहित ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ ।

बिहीबार एक समारोहका बीच प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचन ले ‘प्रभु पे’ डिजिटल वालेटको प्रयोग गरी सेवाको सुरुवात भएको जानकारी गराएका छन । प्रभु पे डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ ।

वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली, पानीको बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाइल रिचार्ज गर्न यो एपले सहयोग पुर्याउने छ । यो एपबाट अनलाइन मात्रै नभई युनियन पे र or/code स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ । प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा पनि दिएको छ ।

प्रभु ग्रुप अन्र्तगत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी र सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी विभिन्न कम्पनी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस