पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने अर्थमन्त्री खतिवडाको घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १,काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा गरेका छन् ।

शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दावी पनि गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको पनि बताए ।

सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दावी छ ।

उनले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तर्राष्ट्रिय लगानी भित्रयाउन लागि परेको पनि स्मरण गराए । अर्थमन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिलका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति लिएको पनि समितिलाई जानकारी गराए ।

उनले दिगो विकास लक्ष्य हासिल हुने गरी पूर्वाधार विकास गर्न निजी क्षेत्र र सहकारीसँगको सहकार्यलाई पनि सरकारले जोड दिएको उल्लेख गरे ।

बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्यांक संकलनको काम सुरु गरिएको जानकारी दिए । उनले अनुगमन र मूल्यांकनको माध्यामबाट स्रोत र साधनको दुरुपयोग हुन नदिई दिगो विकास गर्न आवश्यक दिर्घकालीन योजना बनाउने काम पनि भइरहेको बताए ।

उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी योजना बनाउने कामलाई आयोगले अन्तिम चरणको पुर्‍याएको पनि जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस