काठमाडौं महानगरपालिकाले बहाल कर घटायो, विभिन्न सिफारिस दस्तुर निःशुल्क

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ ।

गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर संकलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो ।

कामपाले चालू आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ ।

निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपांगत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन् ।

त्यस्तै, जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेदजस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराएमात्र निःशुल्क हुने व्यवस्था गरेको छ ।

गएको वर्ष रु १० हजार लिइँदै आएको वैवाहिक अंगीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष रु दुई हजार ५०० कायम गरिएको छ ।

व्यवसाय बन्द वा सन्चालन सिफारिसमा गएको वर्ष रु २००० लिइँदै आएकोमा यो वर्ष रु एक हजार लिइने भएको छ ।

गएको वर्ष जग्गा दर्ता सिफारिसमा रु पाँच हजार लिने गरिएको थियो । त्यसलाई घटाएर यो वर्ष रु तीन हजार कायम गरिएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस