‘सीबीटी’ परीक्षा आजबाट, ३ हजार ३ सय ४ जना परीक्षार्थी सहभागी हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र ८, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाडौं । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा (सीबीटी) शुक्रबारबाट शुरु हुँदैछ ।

ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ ।

कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ । कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले जनाएको छ ।

परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस