सुनको मूल्य बढ्यो, आज कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १४, बिहिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय २५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस