भाद्र १५,काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले सस्तो ब्याजदरमा क, ख र ग वर्गका वित्तीय संस्थाका लागि यो रकम लगानी गर्न लागेको हो ।
क वर्गका बैंकहरुका लागि १ अर्ब २३ करोड ३३ लाख रुपैयाँ, ख वर्गका बैंकहरुका लागि २३ करोड ११ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाका लागि ७ करोड ७१ लाख रुपैयाँ लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुसँग बैंकले शिलबन्दी दरभाउपत्र माग गरेको छ ।
राष्ट्र बैंकको बिभिन्न कोषमा रहेका रकम आगामी असोज १ गते देखि २०७६ भदौ ३१ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्न लागेको हो ।
बैंकले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी आगामी मंगलबार अपरान्ह ३ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।