भाद्र १६,काठमाडौँ । धितोपत्र बजारमा यस साता रु ८० करोड ३० लाख सात हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल २५ लाख ४२ हजार ७१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ८१ प्रतिशत कम हो । कारोबारका आधारमा हेर्दा यस साता पनि रु एक अर्ब बराबरको पनि कारोबार हुन सकेन ।
गत साता १८५ कम्पनीको ४४ लाख २१ हजार ९५० कित्ता शेयर रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरका खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलब ९७ अङ्कले बढेर अन्तिम दिन एक हजार १८१ दशमलब ६९ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ३७ अङ्कले बढेर २४९ दशमलब ७९ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड ३९ लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो ।