भाद्र १९,काठमाडौँ । राष्ट्रिय योजना आयोगले आउँदो १५ औँ पञ्चवर्षीय योजनामा राष्ट्रिय विकासका लागि नागरिक समाजसँग प्रभावकारी साझेदारीको प्रबन्ध गर्ने भएको छ ।
चालु १४ औँ योजनाको समाप्तिपछि आगामी आर्थिक वर्षमा लागू हुने नयाँ आवधिक योजनामा पहिलो पटक नीतिगत संवाद र नागरिक साझेदारीको प्रबन्ध गर्न लागिएकोे हो ।
संविधानको कार्यान्वयनका लागि योजना आयोगले समाज रुपान्तरण गर्ने र नागरिक क्षेत्रसँग योजनागत रुपमा निरन्तर संवाद तथा सहकार्य गर्ने तयारी गरेको छ ।