पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै नियमले स्थानीय बजारमा पनि मूल्य वृद्धि गरेको हो ।

पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।

मूल्य वृद्धि भएसँगै अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस