पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे १० बजे बैठक सुरु हुनेछ ।

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्नेछन् ।

बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा पनि छलफल हुने ज्ञवालीले जनाएको छ ।

गत साउन २९ गते बसेको मन्त्रिपरिषद बैठकबाट ज्ञवाली प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस