फेरि महंगियो डलरको मूल्य, बन्यो नयाँ रेकर्ड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २६, मंगलबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौं । नयाँ रेडर्क बनाएर केही दिन ओरालो लागेको अमेरिकी डलरको मूल्य फेरि आकासिएको छ । सोमबार एक अमेरिकी डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसामा झरेको थियो । तर मंगलबार बढेर १ सय १६ रुपैयाँ २३ पैसा पुुगेको छ । यो हालसम्मकै उच्च हो ।

१ सय १५ रुपैयाँ ४८ पैसाको रेकर्ड कायम गरेपछि केही दिनदेखि डलरको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६रुपैयाँ २३ पैसा रहेको छ ।

अमेरिकी डलरको भाउ बढ्दा नेपालमा पनि यसको असर देखिन थालेको छ । डलरको भाउ बढेकै कारण भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढेको छ । भारतीय नोटसँग नेपालको स्थिर दर कायम हुँदा भारतसँगै नेपालमा पनि असर देखिने गरेको छ ।

विदेशबाट पैसा पठाउनेलाई फाइदा भएपनि नेपालले आयात गर्ने वस्तुको मूल्य भने बढी पर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस