चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २६, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २६,काठमाडौँ । चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

सिचुवान प्रान्तको लशान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको थियो ।

मेलामा भएको द्विपक्षीय छलफलमा लशान नगरपालिकाले नेपालको लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको हो ।

मेलाबारे जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मलेनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेयकुमार त्रिपाठीले मेलाको क्रममा लुम्बिनीमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भको स्मारक लशान प्रान्तमा स्थापना गरेर लुम्बिनीको अझै बढी प्रचारप्रसार गर्ने सहमति पनि गरिएको जानकारी दिए ।

भाद्र २१ गतेदेखि २४ गतेसम्म सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली हस्तकलाका सामग्रीहरुको प्रर्दशनी पनि गरिएको थियो । चीनले नेपालको लुम्बिनीको विकासमा लगानी गर्ने चाहना व्यक्त गरेको मन्त्री अधिकारीले जानकारी दिए । नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ ।

५६ वटा राष्ट्रहरु सहभागी रहेको त्यस सम्मेलनमा नेपाललाई सह–आयोजकको सम्मान प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस